आशाका किरण संस्थाका अध्यक्ष अशाेक बेल्वासेले निलसागरमा जन्म दिन मनाए



देउखुरी ३ बैशाख ।  जन्मदिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटी पछिल्लो युवा पिढीहरुमा व्यापक पाईन्छ । तर राप्ती गाउँपालिका वडा नम्बर एक पाखापानी निवासी आशाका किरण संस्थाका अध्यक्ष अशाेक बेल्वासेले भने फरक तरिकाले आफ्नो जन्म दिन मनाएका छन्।

बेल्वासेले आफ्नो ३० औं जन्म दिनको अवसरमा आईतवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका २६ जना बेसाहराहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरि जन्म दिन मनाएका छन्। फजुल खर्च भन्दा मानव सेवामा सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफुले जन्म दिन आश्रममा मनाएको उनले बताए ।

सेवा आश्रमकी स्वास्थ्यकर्मी दिलमाया सेनले मानव सेवामा सहयोग गर्ने कार्य अति पुन्य कार्य भएकोे बताउँदै अन्य व्यक्तिहरूले यसकाे सिकाे गर्न आवश्यक रहेको बताइन्। बेल्वासे केही वर्षयता सामाजिक सेवामा समर्पित आशाका किरण संस्था स्थापना गरि सामाजिक सेवामा अग्रसर रहदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे