दाङको तुलसीपुर कारागारमा गोली चल्याे, सशस्त्र प्रहरीका सहायक हवल्दार केसीकाे मृत्यु



दाङ ३ वैशाख । दाङको तुलसीपुर कारागारमा गोली चलेको छ । आइतबार राती साढे ८ बजेको समयमा डियूटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरी निवासी ३५ वर्षीय बसन्त केसी रहेका छन् । उनले आफूले डियूटीमै भएका बेला आफूले बोकेको बन्दुकले आफैंलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको छ ।

उनले किन हत्या गरे भन्ने विषयमा थप अनुसन्धान हुने डिएसपी मल्लले बताए । ‘पारिवारीक विवादका कारण गोली हानी हत्या गरिएको हुन सक्ने आंशका छ । यही कारणले नै गोली चलाए भन्ने विषयमा थप अनुसन्धान भएपछि मात्रै थाहा हुन्छ, डिएसपी मल्लले भने ।’मृतक केसीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको डिएसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे