राप्ती नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता, खाेजी कार्य जारी



भालुवाङ २३ चैत । दाङ-देउखुरीकाे भालुवाङ स्थित राप्ती नदीमा एक बालक बेपत्ता भएका छन् । आज दिउँसाे ४ बजेकाे समयमा राप्ती गाउँपालिका-१, भालुवाङ स्थित राप्ती नदीमा नुहाउने क्रममा बालक बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानकाे झिमरूक गाउँपालिका-८, टिमुरेचाैरका रामबहादुर सुनारका छाेरा अन्दाजी बर्ष १३ का बिबेक सुनार बेपत्ता भएकाे इलाका प्रहरी भालुवाङले जनाएकाे छ ।

बेपत्ता बालककाे खाेजी कार्य जारी छ । बालकलाई सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङका सशस्त्र प्रहरी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी जवान र स्थानीयले खाेजी कार्य तीब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे