राजपुरकी सुत्केरी विमलालाई आशाका किरण संस्थाद्वारा सहयोग हस्तान्तरण



भालुवाङ २३ चैत । दाङको राजपुर गाउँपालिका–३ भैंसहवा निवासी सुत्केरी विमला यादवलाई राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले सहयोग गरेको छ ।

संस्थाले काठमाडौं निवासी प्रतिभा खड्का र राधा कटुवालले संकलन गरि पठाएको २५ हजार रकमबाट खाद्यान्न, बच्चाका लागि पाैष्टिक आहार, कपडा अन्य आवश्यक सामाग्री र नगद २ हजार ५ सय रूपैयाँ यादवको घरमा पुगेर बिहीबार यादवलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।

विभिन्न सञ्चारमाध्यममा चार दिनकी सुत्केरी भोकभोकै शीर्षकमा समाचार प्रकाशित भएपछि सहयोग गर्ने क्रम बढेको छ । संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, सचिव विमल राना, सदस्यहरू अस्मिता अधिकारी, सिर्जना थापा, निशा कुमारी चाैधरी, पवित्रा विक, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, पत्रकारहरू दशरथ घिमिरे, ओमप्रकाश गुप्ता र आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे