दशैँका लागि असाेज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने



दशैँका लागि असाेज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाण्डाै ८ असाेज । दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवार देखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजकाे बैठकले अग्रिम टिकट बुकिङकाे मिति तय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । दशैँका लागि कति वटा गाडी चलाउने भन्नेबारे यातायात व्यवसायी महासङ्घले केही दिनमा निर्णय गर्ने उनले बताए ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्नेसहितका सहमति भई अग्रिम बुकिङ खुलाउने निर्णय भएको थियो । यस वर्षको दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरू हुँदैछ । दशैँकाे मुख्य दिन विजयादशमी असाेज २६ गते शनिवार परेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे