भालुवाङ पुल्चोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक घाइते



भालुवाङ २२ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक घाइते भएका छन् ।

पुर्वबाट पश्चिम जाँदै गरेको रा ६ प ९३६३ नम्बरको मोटरसाइकल बुधवार राती १०ः३० बजेको समयमा अनियन्त्रित भई पल्टिदा सरुमारानी गाउँपालिका ३ प्युठान निवासी अन्दाजी २२,२३ वर्षिया विशाल परियार घाइते भएका छन् । घाइते परियारको अनुहारमा चोट लागेको छ ।

घाइते परियारको अहिले राप्ती पोलिक्लिनीकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे