राप्ती गाउँपालिकाकाे देउकी र कालापानी सामुदायिक वनमा भीषण आगलागी



सिसहनियाँ २२ चैत । दाङ देउखुरीको २ वटा सामुदायिक वनमा भीषण आगलागी भइरहेको छ । बुधवार बेलुका करिव ६ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित देउकी सामुदायिक वनबाट सल्केको आगो अहिले कालापानी सामुदायिक वनमा भीषण आगलागी भइरहेको छ ।

आगलागी भइरहेको जंगलको तल पहरुवा र कालापानी गाउँ भएकोले बस्ती जोगाउन कालापानी गाउँका स्थानीय, इलाका प्रहरी कार्यालय सिसहनियाँको टोली, सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, कालापानी सामुदायिक वनका अध्यक्ष छविलाल चौधरी, व्यापारी रामलाल पाण्डे लगायतको टोलीले बस्ती नजिकको आगो निभाए पनि जंगलमा भने अहिले पनि आगो लागिरहेको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक जिवन केसीले जानकारी दिएका छन् ।

अहिले सम्म करिव २० विगाह क्षेत्रफलमा आगो लागि सकेको प्रहरी प्रमुख केसीले जानकारी दिएका छन् । आगलागीबाट रुख विरुवा, जडीबुटी तथा बन्यजन्तु र चराचुरुङीको बास स्थान समेत जलेर खरानी भएको छ । रातीको समय भएको र दमकल समेत जान नसक्ने ठाउँ भएकोले आगो नियन्त्रणमा आउन सकेको छैन । भोली सम्म आगो नियन्त्रणमा आउने प्रहरी प्रमुख केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे