अखिल नेपाल ट्रेड युनियन महासंघ राप्ती गाउँपालिकाकाे अध्यक्षमा रंगबहादुर सुनार चयन



भालुवाङ २२ चैत । अखिल नेपाल ट्रेड युनियन महासंघ राप्ती गाउँपालिकाकाे अध्यक्षमा रंग बहादुर सुनार चयन भएका छन् । बुधबार पालिकाकाे सभा हल मसुरियामा सम्पन्न भएको महासंघको दाेस्राे भेलाबाट सुनार अध्यक्षमा चयन भएका हुन् । भेलाले सुनारकाे अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति गठन गरेको छ।
जसको उपाध्यक्षमा नारायणी पाेख्रेल, सचिवमा प्रेम केसी, सह सचिव गाेविन्द प्रसाद शर्मा र काेषाध्यक्षमा छपिन्द्र बहादुर बुढाथोकी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कृष्ण बहादुर घर्ती मगर, शेरबहादुर परियार, राजु चाैधरी, भिल्कुना चाैधरी, बिसन चाैधरी, दयाराम चाैधरी, युवराज थापा मगर, प्रविण डाँगी, बिरेन्द्र कार्की, आत्माराम सुनारी मगर लगायतका रहेका छन् ।
भेला महासंघका राप्ती गाउँपालिका अध्यक्ष पदमबहादुर पाण्डेकाे अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य हाेमप्रसाद शर्माको प्रमुख आतिथ्यता र महासंघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष दानबहादुर वलीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे