LISTEN LIVE RADIO

दाङकाे संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पसमा अखिल संयुक्त विजयी



दाङ ६ चैत । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे सभापतिमा अखिल संयुक्तका हेमन्त बञ्जाडे विजयी भएका छन् ।

विजयी अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ मत प्राप्त गर्दा नेविसङ्घका वसन्त अधिकारीले ४५ मत प्राप्त गरे ।  एक सय ९७ जना मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा भने विद्यार्थी सङ्गठनको तालाबन्दीका कारण चुनाव हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे