LISTEN LIVE RADIO

कोइलाबास भन्सारमा लक्ष्य दोब्बर बढी राजस्व संकलन



दाङ २ चैत ।  दाङको एकमात्र भन्सार नाका कोइलाबासले वार्षिक लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको जनाएको हो ।

कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ राजस्व उठाउने लक्ष्य लिएको थियो । कार्यालयले फागुन २५ गतेसम्म ५२ लाख ४६ हजार ४ सय ७ रूपैयाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले बताए । कार्यालयले साउनमा ३ लाख ७९ हजार २०७ रूपैयाँ, भदौमा ५ लाख ९० हजार १९१, असोजमा ३ लाख ७० हजार ७ सय, कार्तिकमा ६ लाख ३२ हजार २५४ रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै मंसिरमा ४ लाख ७३ हजार ८५९, पुसमा १ लाख ६ हजार ९५०, माघमा ६ लाख ६७ हजार १६८ र फागुनमा ६ लाख ४०७ रूपैयाँ राजस्व सङ्कलन भएको प्रमुख शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे