LISTEN LIVE RADIO

लमही ९ का एक बृद्धलाई मायाजालमा पारि लाखौंको जग्गा पास गरेकी महिला तारेखमा छुटिन



तुलसीपुर २९ फागुन । दाङ लमहीका एक ७५ बर्षीय बृद्ध संग बिहे गर्ने बाचा गरि लाखौंको जग्गा आफ्नो नाममा पास गरेकी तुलसीपुरकी ३७ बर्षीया महिला तारेखमा छुटेकी छन् ।

दाङको लमही नगरपालिका वडा नं. ९ का ७५ बर्षीय जानकीलाल बस्नेतसंग बिहेको नाटक गरि लाखौं मुल्य बराबरको १२ कठ्ठा १५ धुर जग्गा आफ्नो नाममा नामसारी गरेकी तुलसीपुर उपमाहानगरपालिका वडा नं. ६ बरुवागाउँकी ३७ बर्षीया ती महिला धरौटीमा छुटेकी हुन् । दाङ जिल्ला अदालतले थुनछेक बहस मार्फत एक लाख धरौटीमा छोड्न आदेश दिएपछि उनी तोकिएको धरौटी रकम बुझाएर तारेखमा छुटेकी हुन् ।

मुद्दा पूर्पक्षका क्रममा एक लाख धरौटी माग भइ तारेखमा छुटेपनि मुद्दाको अन्तिम फैसला हुन भने बाँकी नै छ । न्यायाधिस रामप्रशाद बत्यासको इजालसबाट फागुन २७ गते उक्त आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे