LISTEN LIVE RADIO

लमही महोत्सवमा भोली माघ १८ गते रामजी खाँड र सिर्जना खत्री आउने



लमही १७ माघ ।  देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको भोली बुधबार बहुचर्चित लोक दोहोरी गायक रामजी खाँड र हाउडे माया गितकी गायिका सिर्जना खत्री आउने भएका छन् । साथै डान्सर नारायणी खत्री, लाेक दाेहाेरी गायक ढाकाराम पौडेल, अनुप बुढा, दीपक वर्मा लगायतको प्रस्तुती रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिएका छन् ।

खाँड लोक दोहोरी क्षेत्रमा कुनै बेला एकक्षत्र राज गर्ने गायक मध्ये एक हुन् । गायक खाँडले स्वरबद्द गरेकाे ‘क्षितिज पारि, ओइ माया, आफै हारे, आकाश जुनकै हो, जिम्मल बाउकी छोरी, लगायत थुप्रै गीतहरु हिट भएका छन् । यतिबेला उनलाई देश तथा विदेशमा सांगीतिक कार्यक्रममा भ्याई नभ्याई छ ।

खाँड संगै कुशल कार्यक्रम प्रस्तोता ढाकाराम पौडेलको पनि प्रस्तुती रहने भएको छ, भने पछिल्लो समयकी चर्चित मोडेल नारायणी खत्रीको पनि प्रस्तुति रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिएका छन् । सिर्जना खत्री, अनुप बुढा मगर र दीपक वर्माको पनि रमाइलो प्रस्तुति रहेको व्यवस्थापक बुढाथोकीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे