LISTEN LIVE RADIO

देउखुरीको लठ्ठहवामा टयाक्टर पल्टिदा चालक घाइते



सिसहनियाँ ६ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा टयाक्टर पल्टिदा चालक घाइते भएका छन् ।

पुर्वबाट पश्चिम तर्फ गइरहेको रा १ त २१०५ नम्बरको टयाक्टर लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा शुक्रवार राप्ती करिव सवा ८ बजेको समयमा अनियन्त्रत भई पल्टिदा लमही नगरपालिका ३ टिकुलीगढ निवासी चालक अन्दाजी ३५÷३६ वर्षिय काशीराम वली घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी प्रमुख जिवन केसीले जानकारी दिएको छ ।

घाइतेको खुट्टामा गहिरो चोट लागेको छ ।  घाइते वलीको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी प्रमुख केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे