LISTEN LIVE RADIO

पाँच करोडको डिल गर्ने मुख्य योजनाकार सिंह पुर्पक्षका लागि कारागार चलान



पाँच करोडको डिल गर्ने मुख्य योजनाकार सिंह पुर्पक्षका लागि कारागार चलान

दाङ २६ पुस ।  दाङ तुलसीपुरका एक ब्यक्तीलाई‘हनिट्रयाप’मा पारेर ५ करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ बर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता भएको समेत खुलेको छ ।

हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । ति मध्ये तुलसीपुर १८ ग्वारखोला निवासी ३६ बर्षीया कृष्णी कुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ । उनलाई अदालतले एकलाख रुपैँया धरौटी तोकेको थियो । तर, धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो ।

अपराधिक लाभ मुद्दा चलाईएका घोराही १० नारायणपुरका २७ बर्षीय रुद्रबहादुर केसी भने एक लाख धरौटीमा छुटेका छन् । प्रहरीले तीनैजनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

व्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्धा हाल्ने धम्की दिदै ति पुरुषसंग उनीहरुले ५ करोड माग गरेका थिए । उनीहरुले पटक–पटक गरि ३० लाख रुपैँया लगिसकेको खुलेको छ ।

पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई स्कुटरको लाइसेन्स र दुइवटा नागरिकता बनाउन सहयोग गरेको समेत खुलेको छ । त्यस्तै पीडित भनिएका तुलसीपुरक ति पुरुषलाई पनि सरकारी कागज कीर्ते गरेको भन्दै मुद्दा चलाईएको छ । पक्राउ परेका उनलाई साधारण तारेखमा छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे