LISTEN LIVE RADIO

स्थानीय सरकारको सेवालाई थप प्रभावकारी बनाउन गढवाका नागरिकहरुकाे सुझाव



स्थानीय सरकारको सेवालाई थप प्रभावकारी बनाउन गढवाका नागरिकहरुकाे सुझाव

गढवा २१ पुस । गढवा गाउँपालिकाको प्रथम चौमासिक सार्बजनिक सुनुवाई कार्यक्रम बुधवार गढवा गाउँपालिकाको कुलपानी पार्कमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको रेडियो साझा आवाज गढवाले सहजीकरण गरेको हो ।

कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाले गढवा बजारमा हुने संभावित दुर्घटना कमगर्न मुख्यचोंकलाई फराकिलो बनाउनुपर्ने, फोहर ब्यवस्थापनको दिर्घकालिन समाधानमा ध्यान दिनुपर्ने, सडकबत्ती महसुल स्थानीय सरकारबाटै भुक्तानी हुनुपर्ने र पालिकाका मुख्य मुख्य चोकहरुमा सोलारबत्ती ब्यवस्थापन गरि सुरक्षा कायम गर्न आवश्यक रहेको गाउँपालिकालाई सुझाव दिएका थिए ।

कार्यक्रममा नागरिक समाज गढवाका उपसंयोजक खगेश्वर शर्माले निर्माण कार्य रोकिएको हुलाकी सडक तत्काल सुरु गराउन सम्बन्धित पक्षसंग समन्वय गर्न, राजधानी ब्यवस्थापनका लागि जग्गा एकिकरणको काम ब्यवस्थापन गर्न र मलखाद ढुवानीमा स्थानीय सरकारले अनुदान ब्यवस्थापन गर्न तथा नागरिकहरुलाई प्रवाहगरिने सेवाको प्रभावकारीता थप ब्यवस्थापन गर्न माग गरेका छन् । कार्यक्रममा जवाफदेही बक्ताको तर्फबाट गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासले फोहर ब्यवस्थापनको दिर्घकालिन समाधानका लागि स्थानीय सरकारको तर्फबाट पहल भैरहेका बताए ।

राजधानी ब्यवस्थापन र जग्गा एकिकरणको कार्य सम्पन्न गर्न गढवा, राप्ती र सितगंगा नगरपालिकाका गरी कुल १४ वडा समेटेर सर्बदलिय सर्बपक्षिय समिति बनाईएको, राप्ती तटबन्धनका लागि एशियाली बिकास बैक मार्फत नेपाल सरकारले ठेक्का टेण्डर आव्हान गरिसकेको र खहरे खोलाहरुको कटान रोक्न बिभिन्न निकायहरुमा तटबन्धनक ालागि स्थानीय सरकारको तर्फबाट पहल भैरहेको उनले बताए । किसानहरुको समस्यालाई मध्यनजर गर्दै गढवा गाउँपालिकाले कृषि उपज संकलनका लागि संकलन केन्द्र र सितभण्डारको ब्यवस्थापन गर्दै किसानका उत्पादनलाई बजारीकरणमा समेत सहज बनाउन आन्तरीक पहल गरिरहेको तथा एउटै मुल्यमा किसानहरुलाई राशायनिक मल उपलब्ध गराउन सम्बन्धित निकायसंग पहल गर्ने लगायतका बिषयमा प्रतिवद्धता जाहेर गरेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीले चालु आब को हालसम्म भए गरेका कामहरु र सेवा प्रबाहमा गाउँसभाले पारित गरेका निती तथा कार्यक्रमहरु बमोजिम कार्यसम्पादन गरिएका थप योजनाहरुका बारेमा बिस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाईमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा, नागरिक समाज गढवाका उपसंयोजक खगेश्वर शर्मा, गढवा बहुमुखि क्यम्पसका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरै, नेपाली काँगे्रस गढवाका सचिव पोषणराज शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक, जनता समाजवादी पार्टीका महबुव अली मुसलमान, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, नेपाल रेडक्रस उपशाखा गढवाका सभापति दयाराम यादव, स्थानीय नागरिकहरु गिरीराज योगी र धनकली बिश्वकर्मा, गढवा होटल व्यवसायी संघका प्रतिनिधी टोपलाल सुवेदी सागर, दलित शसक्तिकरणका जया बिश्वकर्मा, समाजसेवी बुद्धिजिवी चित्रबहादुर महतरा, आयोज योगी, मुक्त कमलरी बिकास मञ्चका ज्ञानु थापा, शान्ती पुर्नस्थापना गृह कोइलाबासका सिमा जिसी, दक्षिण देउखुरी अधिकार मञ्चका पूजा चौधरी लगायतले स्थानीय सरकारलाई सेवाको प्रभावकारीतामा थप ध्यान दिन बिभिन्न सुझावहरु राखेका थिए ।

गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सार्बजनिक सुनुवाईको सहजीकरण रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद शिबराज पन्थी पत्रकारहरु सपना पौडेल, पुष्पा पौडेल र उमिता चौधरी लगायतले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे