LISTEN LIVE RADIO

भालुवाङमा ब्लड बैंक सञ्चालनका लागि पहल गर्न रेडक्रसलाई अध्यक्ष बिष्टको सुझाब



भालुवाङमा ब्लड बैंक सञ्चालनका लागि पहल गर्न रेडक्रसलाई अध्यक्ष बिष्टको सुझाब

भालुवाङ २१ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिका अहिले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको र अस्पताल समेत सञ्चालन भइरहेकोले भालुवाङमा ब्लड बैंक सञ्चालनका लागि रेडक्रसलाई आवश्यक पहल गर्न सुझाब दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी लालमटिया उपशाखाको छैठौँ अधिवेशनबाट नव निर्वाचित कार्य समितीको बिहिबार गाउँपालिकाको सभाहल मसुरियामा भएको पहिलो बैठक तथा सरोकारवाला संग छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले सो कुरा बताएका हुन् ।

उनले भालुवाङ—लमही सडक खण्डमा बढी मात्रमा सडक दुर्घटना हुने भएकोले सडक दुर्घटनाका घाइतेलाई उद्धारका लागि एउटा रेसक्यु टिम बनाउन समेत सुझाब दिए । अध्यक्ष बिष्टले बिपत, राहत र उद्धारको कार्यमा पालिका संधै रेडक्रस संग समन्वय गरेर मात्र अघि बढ्ने समेत प्रतिबद्धता जनाए ।

रेडक्रस लालमटिया उपशाखा सभापति किरण भण्डारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता भएको छलफल कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका मन्त्री मदन गौतमले आपतबिपत्तका बेला रेडक्रसकर्मीहरु फस्ट लाइनमा काम गर्नुपर्ने सुझाब दिए । उनले रेडक्रसमा लागेका सबै रेडक्रसकर्मीहरु निस्वार्थ सहयोगमा जुट्न समेत आग्रह गरे ।

शाखा उपसभापति शान्ता शाहीको स्वागत मन्तव्यबाट शुरु भएको छलफल तथा बैठकमा राप्ती गाउँपालिका बिपत्त व्यवस्थापन समितीका अध्यक्ष तथा ८ नम्बर वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ्ग, स्वास्थ्य शाखा प्रमुख नारायण राउत र रेडक्रस लालमटिया उपशाखाका पूर्व सभापति महेशकुमार अधिकारी लगायतका वक्ताले रेडक्रसले आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा सुझाब दिनु भएको थियो ।

बैठकले रेडक्रसको जिल्ला प्रतिनिधिका लागि सभापति किरण भण्डारी, उप—सभापति शान्ता शाही, उप—सचिव कृष्ण बिष्ट, उप—कोषाध्यक्ष जिवराज शर्मा र सदस्य महेशचन्द्र रिजाललाई सिफारिस गरेको छ । बैठकले कार्यसमितीको नियमित बैठक प्रत्येक महिनाको अन्तिम दिन बिहान ७ बजे उपशाखाको कार्यालय मसुरियामा बस्ने निणर्य गर्नुका साथै यही पुस १६ गते भएको छैठौँ अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथी, अतिथीहरु, निर्वाचन मण्डल र आजिवन सदस्य सबैमा धन्यबाद ज्ञापन समेत गरेको छ ।

बैठकमा उप—सभापति शान्ता शाही, उप—सचिव कृष्ण बिष्ट, कोषाध्यक्ष माधव शर्मा, उप—कोषाध्यक्ष जिवराज शर्मा, सदस्य महेशचन्द्र रिजाल, ठाकुर सुवेदी, सन्तोषकुमार गुप्ता, लालबहादुर चौधरी र शान्ता आचार्यको उपस्थिती रहेको थियो भने बैठकको सहर्जीकरण उपशाखा सचिव हरिप्रसाद भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे