LISTEN LIVE RADIO

गढवाको कोइलाबासमा खानेपानीको समस्या



गढवाको कोइलाबासमा खानेपानीको समस्या

गढवा १९ पुस । गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ । पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिएका छन् ।

गर्मी सुरु हुन नपाउदै पुस महिना मै डिब बोरिङको मुल सुकेपछी खानेपानीको समस्या देखिन थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खालिक सिद्दिकीले जानकारी दिए । कोइलाबासका करिव १२० घरपरिवारलाई खानेमक्तानीको समस्या भएको अध्यक्ष सिद्दिकीले बताए । पर्यटकको आवागमन समेत बढी हुने समयमा खानेपानी अभाव हुँदा होटल व्यवसायमा समेत समस्य भएको होटल ब्यवसायी बताउँछन् । राप्तीको प्रवेशद्वारको रुपमा रहेको कोइलाबासमा खानेपानीको समस्या हुँदा कोइलाबासमा पर्यटक, होटल व्यवसायलाई प्रत्यक्ष असर परेको देखिन्छ ।

अन्य प्रयोजनका लागि खोलाको पानी प्रयोग गर्न सकिन्छ तर खानाको लागि खोलाको पानि खाना योग्य नभएको स्थानीयहरु बताउछन् । खानेपानीको अभावको कारणले गर्दा कोइलाबासमा रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई समेत समस्या भएको शान्ति पुनर्स्थापना गृह कोइलाबास सिमा जिसीले बताए ।

पानी अभाव हुँदा मुख्य गरी अस्पतालमा तथा बिभिन्न संघ संस्थामा सरसफाई एवम् विशेषगरी शौचालय फोहोर र दुर्गन्धित हुनुका साथै सङ्क्रमणको समस्या हुने गरेको जिसीले बताए । वडाध्यक्ष खालिक सिद्दिकीले खानेपानी आपुर्तिको लागि छिटै नै वैकल्पिक मुहान खोजी गरी वडाबासीलाई खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे