LISTEN LIVE RADIO

कोइलाबास सिमानाकामा हेल्थडेस्कको स्थापना, नेपाल प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने



कोइलाबास सिमानाकामा हेल्थडेस्कको स्थापना, नेपाल प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने

गढवा १९ पुस । दाङको गढवा गाउँपालिकाले गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास सिमानाकामा कोभिड १९ हेल्थ डेस्क स्थापना गरेको छ । गढवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)नयाँ भेरियन्टको संक्रमणको जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो ।

गाउँपालिकाले स्वास्थ्य कार्यालय दाङसँगको समन्वयमा गढवा गाउँपालिकाको वडा नं. ८ कोइलाबास सिमानाकामा हेल्थ डेस्कको स्थापना गरेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिएका छन् । भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि मंगलवार देखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रमुख चौधरीले बताए । हेल्थ डेस्कमा हाललाई एक जना स्वास्थ्यकर्मी स्वास्थ्य चौकी कोइलाबासबाट खटाइएको छ । आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने बताइएको छ ।

मंगलवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कोभिड १९ हेल्थडेस्क स्थापना गरिएको हो । हेल्थडेक्सको स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कोरोनाको नयाँ भेरियन्टबाट बच्न आ–आफ्नो स्थानबाट सावधानी अपनाउदै सजक रहन र सिमा नाका भएकोले नेपाल प्रवेश गर्ने सम्पूर्ण लाई अनिवार्य माक्स र तापक्रम नाप्न अनुरोध गरेका छन् ।

स्वास्थ्य एकदमै संवेदनशील भएकोले लापरबाही नगर्न र भारतीय सुरक्षाकर्मीहरु संग पनि सहकार्य गरेर सिमा क्षेत्रमा कडाइ गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका प्रमुखहरुलाई अनुरोध गरे । कोरोनाको पहिलो दोस्रो चरणमा एकदमै जटिल भए पनि हामीले सामना गरेको हुनाले यो नया भेरियन्ट नौलो नभएको बताउदै पुरानै परिस्थितिलाई सम्झेर जिम्मेवार तरिकाले सबैजना मिलेर लाग्न आवश्यक रहेको बताए ।
नेपालमा नयाँ भेरियन्टको अवस्था भयावह नभएको बताउँदै पुर्व तयारीमा लाग्न एकदमै आवश्यक रहेको बताए । कोइलाबास सिमानाका एकदमै संवेदनशील भएको र यहाँ दैनिक हजारौंको संख्यामा पर्यटक र यात्रु आउने भएकोले पुर्व तयारी नगर्दा एक्कै पटक समाल्न नसकिने भएकोले एकदमै सतर्क र सजग भएर लाग्नु पर्ने अध्यक्ष पोख्रेलले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कमल चन्दले कोरोना संक्रमितहरुलाई लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगंज र लुम्बिनी अस्पताल बुटवललाई मात्र कोभिड उपचारको लागि तोकेको जानकारी दिए । दाङमा कोरोना संक्रमण भएका बिरामीहरूलाई नेपालगंज अथवा बुटवल पठाउनुको बिकल्प नरहेको बताए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई पनि कोरोना संक्रमितहरुको उपचार गर्नका लागि सुचिकृत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । साथै कोरोना भ्याक्सिनको बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका बामदेव शर्माले चाईनामा नयाँ भेरियन्टले खतराको संकेत गरेकोले हामी पनि समरमा सतर्क रहन आवश्यक रहेको बताए । कोरोनाको अन्य भेरियन्ट भन्दा यो भेरियन्ट एकदमै छिटो सर्ने गरेको जानकारी दिए । दाङको एकदमै भिडभाड सिमा नाका भएकोले बिगतको झै यो पटक पनि कडाइका साथ सावधानी अपनाउनु पर्ने बताए । पहिलेको झै स्वास्थ्य मापदण्ड अपनाएर अघि बढ्नुपर्ने बताए । जनप्रतिनिधि र स्वास्थ्यकर्मीले मात्र केही गर्न नसक्ने बताउँदै यो अभियानमा सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, बिभिन्न संघ संस्था सबैले हातेमालो गरेर कोरोना लाई जित्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका बामदेव शर्मा, शसस्त्र प्रहरी बलका देवीलाल गोतामी, जनपदका प्रमुख कुमार केसी, स्वास्थ्य लेखा अधिकृत केशव पाण्डे, स्वास्थ्य चौकी कोइलाबासकी प्रमुख तुला चौधरी, शान्ति पुनरस्थापना गृह कोइलाबासकी सिमा जिसी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे