LISTEN LIVE RADIO

राप्तीका भूमिहिन तथा सुकुमबासीहरू संग भूमि आयाेगकाे कार्यबिधिका बिषयमा अन्तरक्रिया



राप्तीका भूमिहिन तथा सुकुमबासीहरू संग भूमि आयाेगकाे कार्यबिधिका बिषयमा अन्तरक्रिया

भालुवाङ १९ मंसिर । देउखुरीकाे राप्ती गाउँपालिकामा बसाेबास गर्दै आएका सुकुमबासी तथा भूमिहिनहरू संग राष्ट्रिय भूमि आयाेगकाे कार्यबिधिका बिषयमा अभिमूखिकरण तथा अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएकाे छ ।

साेसाइटी वेलफेयर एक्सन नेपाल (स्वान) लमहीकाे आयाेजना तथा आईएम संस्थाकाे सहयाेग एवम् राष्ट्रिय भूमि आयाेग दाङकाे सहकार्यमा उक्त अभिमूखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

स्वानका काेषाध्यक्ष राममाेती चाैधरीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टकाे प्रमुख आतिथ्यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपबहादुर वली र  आयाेगका दाङ जिल्ला सदस्य गाेबिन्द रेग्मीकाे बिशिष्ट आतिथ्यमा भएकाे कार्यक्रममा  स्वान संस्थाका कार्यक्रम संयाेजक रेमन्त चाैधरीले राष्ट्रिय भूमि आयाेगकाे कार्यबिधिका बिषयमा जानकारी गराएका थिए ।

हाल राप्ती गाउँपालिका भरि ५ सय ६७ जना भूमिहिन तथा सुकुमबासीहरू रहेका छन् । जसमध्ये ३ हजार ७ सय ५८ अब्यबस्थित बसाेबासी, ५ सय ६७ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित गरी कुल ४ हजार ५ सय ४५ जना अव्यवस्थित बसाेबासी, भूमिहिन र सुकुमबासी रहेकाे राप्ती गाउँपालिका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसाेबासी सेवा केन्द्र प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिए ।

जस अनुसार ४ हजार ५ सय ४५ जनाकाे लगत राष्ट्रिय भूमि आयाेगकाे सफ्टवेयरमा इन्ट्री भइसकेकाे  सेवा केन्द्र प्रमुख गुरूङ्गले जानकारी दिए । जस मध्ये राप्ती गाउँपालिकाकाे वार्ड नम्बर १ देखि ४ सम्मका ३ हजार घरपरिवारलाई निस्सा बितरण गरि सकिएकाे र बाँकी वार्ड नम्बर ५ देखि ९ सम्मका १ हजार ६ सय घरपरिवारलाई निस्सा बितरण गर्न बाँकी रहेकाे सेवा केन्द्र प्रमुख गुरूङ्गले बताए ।

कार्यक्रममा लक्ष्मीप्रसाद चाैधरी, राजकुमारी चाैधरी र गुरूदेव चाैधरी लगायतका सुकुमबासी तथा भूमिहिनहरूले आ-आफ्नाे जिज्ञासा राखे । कार्यक्रममा  राप्ती गाउँपालिका भरिका ३० जना भूमिहिन तथा सुकुमबासीहरूकाे सहभागिता रहेकाे भने कार्यक्रमकाे सञ्चालन  स्वच्छ व्यवसायी समूह नेपालका परियाेजना व्यवस्थापक बासुदेव घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे