LISTEN LIVE RADIO

बङ्गलादेशले भारतलाई १ विकेटले हरायाे



बङ्गलादेशले भारतलाई १ विकेटले हरायाे

काठमाण्डाै १८ मंसिर । भारतसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा बङ्गलादेश विजयी भएकाे छ । ढाकामा भएकाे राेमाञ्चक खेलमा बङ्गलादेशले भारतलाई एक विकेटले हरायाे ।

भारतले दिएकाे एक सय ८७ रनकाे लक्ष्य बङ्गलादेशले ४६ ओभरमा नाै विकेट गुमाएर भेटायाे । बङ्गलादेशका लागि लिटन दासले ४४, मेहदी हसनले नटआउट ३८ रन बनाए । बलिङतर्फ भारतका माेहमम्द सिराजले तीन तथा कुलदीप सेन र वाशिङ्टन सुन्दरले दुई/दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे भारत ४१ ओभर २ बलमा एक सय ८६ रन बनाउँदा अलआउट भयाे । भारतका लागि केएल राहुलले ७३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाकिब अल हसनले पाँच र इबादत हाेसैनले चार विकेट लिए ।

बङ्गलादेशले सात वर्षपछि भारतलाई एकदिवसीय क्रिकेटमा हराएकाे हाे । यसअघि सन् २०१५ मा बङ्गलादेशले भारताई एकदिवसीय क्रिकेटमा हराएकाे थियाे । बङ्गलादेशले तीन खेलकाे शृङ्खलामा एक–शून्यकाे अग्रता लिएकाे छ । यी दुई टाेलीले दुई खेलकाे टेस्ट क्रिकेट पनि खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे