LISTEN LIVE RADIO

स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङ विजयी, एमालेकी अर्याल ५ हजार ६२७ मतान्तरले पराजित



स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङ विजयी, एमालेकी अर्याल ५ हजार ६२७ मतान्तरले पराजित

स्याङ्जा  १८ मंसिर ।  प्रतिनिधि सभातर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गरेका हुन्।

गुरुङले ३१ हजार ४ सय ६६ मत पाएका थिए भने एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत पाएकी थिइन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत पाउनु भएकाे छ । यस निर्वाचन क्षेत्रमा  ७० हजार १ सय ९१ मत खसेकाे थियाे ।  स्याङ्जा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे