LISTEN LIVE RADIO

बाजुरा प्रदेशसभा (क) समाजवादीका नरेशकुमार शाही र स्याङ्जा-२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी



बाजुरा प्रदेशसभा (क) समाजवादीका नरेशकुमार शाही र स्याङ्जा-२ (ख) मा कांग्रेसका महेश भट्टराई विजयी

काठमाण्डाै १८ मंसिर । बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीलाई पराजित गरेका छन् ।  शाहीले १० हजार ९७३ मत पाएका थिए भने  रेग्मीले ८ हजार ६३२ मत प्राप्त गरे । तेस्राे स्थानमा रहेका माओवादी केन्द्रका कर्णबहादुर विश्‍वकर्माले १ हजार ९८ मत पाए ।

यस्तै स्याङ्जा-२ (ख) मा कांग्रेसका महेश भट्टराई १८ हजार ७ सय ८८ मतसहित विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले पराजित गरे । श्रेष्ठले १७ हजार २ मत प्राप्त गरेका थिए । यस्तै तेस्राे स्थानमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल प्रसाद डुम्रेले ८ सय ८४ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे