LISTEN LIVE RADIO

माओवादी केन्द्रका ठगेन्द्र परियार सहित २ दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश



माओवादी केन्द्रका ठगेन्द्र परियार सहित २ दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

भालुवाङ २५ कार्तिक । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका दाङ जिल्ला सदस्य ठगेन्द्र परियारको नेतृत्वमा दुई दर्जन बढी माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

देउखुरीको राप्ती गाउँपालिका—७, बड्का सिसहनियाँमा नेकपा एमाले वार्ड कमिटीले आयोजना गरेको चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा लामो समय देखि माओवादी आन्दोलनमा सक्रिय भएर लाग्नु भएका परियार एमालेमा प्रवेश गरेका हुन् । माओवादीले आफ्नो पार्टीको निति र एजेण्डा छोडेर काँग्रेसको नेतृत्वमा गठबन्धन बनाएर देश बर्बाद बनाउन थालेकोमा असन्तुष्टि जनाउँदै एमालेका प्रवेश गरेको बताएका छन् ।

पार्टीका वडा कमिटी अध्यक्ष नरेश चौधरीको अध्यक्षता एवम् नेकपा एमाले प्रदेशसभा क तर्फका उम्मेदवार गंगाराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई प्रमुख अतिथी सहित पार्टीका प्रमुख नेताहरुले टिका लगाएर स्वागत गरेका थिए । सो अवसरमा बोल्दै प्रदेशसभाका उम्मेदवार भट्टराईले देशको परिवर्तन र विकास गर्ने पार्टी भनेको एमाले नै भएकोले एमालेका उम्मेदवारलाई जिताउन सुर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

पार्टीका गाउँ कमिटी सदस्य प्रकाश छिनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पार्टीका दाङ जिल्ला सल्लाहकार खिमबहादुर केसी लगायतका बक्ताले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रममा पार्टीकी जिल्ला सदस्य रामपति चौधरी, पार्टीका राप्ती गाउँपालिका इन्चार्ज हरि बेल्बासे, पार्टीका राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारी र अखिल नेपाल महिला संघकी प्रदेश कमिटी सदस्य मता केसी लगायतका उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका वार्ड कमिटी इन्चार्ज यम चौधरीले गरेका थिए ।

यसैबीच आज राप्ती गाउँपालिकाका विभिन्न पाँच ठाउँमा छुट्टाछुट्टै चुनावीसभाहरु सम्पन्न भएका छन् । जस अन्र्तगत राप्ती गाउँपालिका वार्ड नम्बर ७ को छोट्की सिसहनियाँ, बड्का सिसहनियाँ, अर्नाहनपुर, भानपुर र वार्ड नम्बर ४ को मझ्नीगढमा छुट्टाछुट्टै चुनावीसभाहरु सम्पन्न भएका हुन् ।

साथै ती पाँचवटै चुनावीसभालाई नेकपा एमालेको तर्फबाट प्रदेशसभा १(१)का प्रत्यक्ष तर्फका उम्मेदवार गंगाराम भट्टराईले सम्बोधन गरेका थिए भने भानपुर र छोट्की सिसहनियाँको चुनावीसभालाई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर १ की उम्मेदवार शान्ता चौधरीले सम्बोधन गरेकी थिइन् ।

साथै ती चुनाबी सभाहरुमा नेकपा एमालेका प्रदेश कमिटी सदस्यद्धय जगतप्रसाद पोख्रेल र बुद्धिप्रकाश चौधरी लगायतका वक्ताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे