LISTEN LIVE RADIO

५ वर्षभन्दा पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिने



५ वर्षभन्दा पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिने

काठमाडौं २५ कार्तिक। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन् ।

नेपाल कानुन व्यवसायी परिषदले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पारे । उनले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए ।

‘न्याय नपाउने धेरैले रोदनक्रन्दन गरेर गरेर फर्कनु हुन्छ । यो खालको अवस्था हामीसँग छ । यो अवस्थालाई हामीले कसरी कम गर्न सक्छौं होला त ? भन्ने हिसावबाट अहिले हामीले पाँच वर्ष भन्दा पुराना मुद्दाहरुलाई अभियानमा राख्ने र त्यसका लागि छुट्टै इजलास गठन गर्ने व्यवस्था र त्यसमा अभियानमा परेका मुद्दाहरु चाँही स्थगितको लिष्टमा नपर्ने सुनिश्चित गर्ने कुराहरु हामीले गरेका छौं,’ उनले भने ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेहरुलाई निष्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रसंशा समेत गरे । उनले न्यायपालिकालाई उचाइमा पु¥याउनका लागि बार र बेञ्चबीच हातेमालो गरेर अघि बढनुपर्ने पटकपटक दोहो¥याएर भने, ‘त्यसका लागि सहकार्यका साथ अघि बढ्न म तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे