LISTEN LIVE RADIO

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता



दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता

दाङ ५ कार्तिक । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नम्बर २ सिमलबुना निवासी अन्दाजी १६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भइ दंगीशरण वडा नम्बर २ मा रहेको मामा घर आएकी अन्दाजी  १५ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बेपत्ता भएका किशोरीहरु सँगै नुहाउन गएकी त्यसै ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, इलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे