LISTEN LIVE RADIO

लमही चेम्बर अफ कमर्सको अध्यक्षमा : शितल भुसाल



लमही चेम्बर अफ कमर्सको अध्यक्षमा : शितल भुसाल

लमही १९ भदाै । लमही चेम्बर अफ कमर्सको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन शनिबार जखेरातालमा सम्पन्न भएको छ ।

चेम्बरका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिबेशनले शितल भुसालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा किरण कुमार बुढाथोकी, उपाध्यक्षमा शसिराम नेपाली, महासचिबमा केशब अधिकारी, कोषाध्यक्षमा प्रमोद बस्नेत, सह कोषाध्यक्षमा निर्मला ज्ञवाली सर्बसहमतीबाट चुनिएका छन् ।

सदस्यहरुमा प्रमोद गौतम, ऋषिराज खनाल, उत्तम बिष्ट, राजेन्द्र श्रेष्ठ, हुमा कुमारी पाण्डे (सपना), कमला चुदाली, रामचन्द्र शर्मा, लोकेन्द्र खनाल, मोहन केसी, शेषमणी अधिकारी, शिबशँकर गुप्ता, कृष्ण थापा, झबिन्द्र आचार्य र भागवता अधिकारी (शबि) रहेका छन् ।

संस्थाको प्रेस संयोजकमा पत्रकार शिबराज खनाललाई नियुक्त गरिएको छ । त्यस्तै संस्थाको सल्लाहकारहरुमा निर्मला ज्ञवाली, पदम थापा, दानबहादुर नेपाली, हरिराम चौधरी र ऋषिराज घिमिरे (सन्तोष) लाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै ब्यबसायीहरुको हकहितका निम्ति समग्र देउखुरीको बिकाशमा जुट्न अनुरोध गरे । आफ्नो ठाउँ आफै बनाउ भन्ने नारा सहित दिर्घकालिन सोच सहित सबै जुट्नुपर्ने आबस्यक्ता औँल्याए । उनीहरुले सम्पुर्ण ब्यबसायीको पिर मर्का बुझी स्थानिय पालिकामा सुचिकृत हुनुपर्ने माग समेत राखेका छन् ।

कार्यक्रममा संस्थाका महासचिब केशब अधिकारीले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । भने शसिराम नेपालीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बरिष्ठ उपाध्यक्ष शितल भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार केपी घिमिरे, अध्यक्ष अजय न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण महासचिब केशब अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे