LISTEN LIVE RADIO

बेलायतमा ‘हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ’ हुँदै



बेलायतमा ‘हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ’ हुँदै

काठमाडाैँ १९ भदाै । नेपालका चर्चित सारंगी बादक, गायक, गीतकार तथा संगीतकार हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल प्रस्तुति दिने भएका छन् ।  अल्डरसटस्थित एम्पायर हलमा आउँदो १० सेप्टेम्बर शनिबार ‘हेमन्त कान्छा रसाइली एकल सारंगी साँझ’ मार्फत रसाइली प्रस्तुत हुन लागेका हुन् ।

रसाइलीले हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन् भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका छन। रसाइलीले सांगीतिक यात्रा भने २०६३ सालमा पहिलो गीत काजु शेरचनद्वारा काँचो सुन्तला रि-रेकर्ड गरेका थिए ।

काँचो सुन्तला हिट भएपछि उनले लगातार ‘कैले तिम्रो बन्न सकिनँ,’ ‘पराइ ठानेपछि’, ‘भाग्यमानी’, ‘बालापन’, ‘किन होला खै’, ‘लाहुर’, ‘म्याग्दी काली’, ‘झल्को धेरै भो’, ‘लौरी तितेको’, ‘के छ ज्यानलाई’, ‘थर बदल्न पर्दैन’, ‘म्याग्दी खोलेलाई’, ‘कर्मै हाराको’, ‘रेलको ढोका वन’जस्ता एल्बम तथा गीतहरुमा स्वर तथा सारंगीको धुन भरेका छन् । हेमन्त कान्छा रसाइलीले आजसम्म आउँदा उनले विगतलाई फर्केर हेर्न परेको छैन ।

उनलाई उनीसँगै आएका गायिका बिमला श्रीसले साथ दिनेछिन् भने दोस्रो चरणमा बिमला श्रीससँग लोकदोहोरी गीतहरु प्रस्तुत गर्नेछन् । उनलाई वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिनेछन् ।

एकल साँझबाट संकलित रकमबाट खर्च कटाएर बचेको रकम नेपालबाट लोप हुन लागेको बाजा सारंगीको जगेर्ना, संरक्षण र सम्बर्द्धन गर्नका लागि खर्च गरिने संयोजक बाग्बीर पुनले बताएका छन् । टिकटको मुल्य २० पाउन्ड राखिएको छ कार्यक्रमलाई प्रायोजक गर्ने प्रायोजकहरुले भने एउटा टिकट फ्रिमा पाउने हेमन्त कान्छा रसाइलीले जानकारी दिएका छन् ।

हेमन्त कान्छा रसाइली म्याग्दी जिल्ला, च्युरीबोट मट्ठडाँडामा पिता सबहादुर रसाइली र माता तुलसरा रसाइलीको कोखबाट विक्रम सम्बत २०४३ मा जन्मेका हुन् । उनले कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे