LISTEN LIVE RADIO

टिकटक बनाउने क्रममा भीरबाट लडेर दाङमा एक जनाको मृत्यु



टिकटक बनाउने क्रममा भीरबाट लडेर दाङमा एक जनाको मृत्यु

 भदौ १९ तुलसीपुर/ दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नबीन केसी रहेका छन् । शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ साततले भन्ने स्थानमा टिकटक बनाउने क्रममा उनी भीरबाट तल खसेका थिए ।

भीरबाट खसेर बेपत्ता भन्ने खवर पाए लगत्तै ईलाका प्रहरी कार्यालय तुलसीपुर र गोटी खोलाको प्रहरी टोली घटना स्थल पुगेको थियो । करिब साढे १० बजेको समयमा प्रहरीले उनलाई फेला पारि अस्पताल ल्याएको थियो ।

राप्ती प्रादेशिक अस्पताल ल्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखत बहादुर शाहीले जानकारी दिए । केसीको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे