LISTEN LIVE RADIO

राप्ती प्राविधिक शिक्षालय व्यवस्थापनका लागि राप्ती उबासंघले पहल गर्ने



राप्ती प्राविधिक शिक्षालय व्यवस्थापनका लागि राप्ती उबासंघले पहल गर्ने

शिक्षालय व्यवस्थापन गर्न राजनितिक दल र संघसंस्थाको आज साँझ गाउँपालिकामा बैठक बस्दै, प्रतिबद्धता सहितको साझा धारणा सार्वजनिक गरिने

सन्तोषकुमार गुप्ता, भालुवाङ २२ कार्तिक ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थीत राप्ती प्राबिधिक शिक्षालय मौरीघाटमा हिउँदे अधिबेशन सञ्चालन गर्ने तयारी भएसंगै शिक्षालय व्यवस्थापनका लागि देखिएको बिबादका बिषयमा राप्ती उद्योग बाणिज्य संघ भालुवाङले आवश्यक पहल गर्ने भएको छ ।

प्रदेशसभाको सातौँ हिउँदे अधिबेशन राप्ती प्राधिक शिक्षालयमा सञ्चालन गर्ने तयारी संगै यति बेला शिक्षालय व्यवस्थापनका बिषयमा पछिल्लो समय विभिन्न संघसंस्था तथा संगठनहरुहरुको विभिन्न सञ्चारमाध्यममा विज्ञप्ती आइरहेको अवस्थामा प्रदेशसभा सञ्चालनका लागि समस्या आउन सक्ने भन्दै राप्ती उद्योग बाणिज्य संघ भालुवाङले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

संघको आज शनिबार आफ्नो सभाहल भालुवाङमा भएको नियमित बैठकले प्रदेश सरकारले घोषणा गरेको स्थायी राजधानी राप्ती उपत्यकाको उपयुक्त स्थानमा शिक्षालयलाई व्यवस्थापन गरी शिक्षालयमै प्रदेशसभाको हिउँदे अधिबेशन सञ्चालन गर्न सुझाब दिएको छ ।

बैठकले शिक्षालय व्यवस्थापनका बिषयमा राप्ती गाउँपालिकामा कृयाशिल राजनितिकदल तथा संघसंस्थाहरुको प्रतिबद्धता सहितको आधिकारिक धारणा सार्वजनिक गर्न अनुरोध समेत गरेको छ ।

पछिल्लो समय राजनितिक व्यक्ति तथा संघसंस्थाहरुबाट शिक्षालय व्यवस्थापनका बिषयमा फरक—फरक बिचार तथा धारणाहरु आउन थालेपछि राप्ती उद्योग बाणिज्य संघले राजनितिकदल तथा संघसंस्थाहरुको साझा धारणा बनाउन राप्ती गाउँपालिका संग सर्वदलीय तथा सर्वसक्षीय बैठकको माग गरेपछि शनिबार साँझ ४ बजे राप्ती गाउँपालिकामा बैठक बोलाइएको छ ।

गाउँपालिकामा बस्ने बैठकले शिक्षालय व्यवस्थापन र हिउँदे अधिबेशन सञ्चालनका लागि राप्ती गाउँपालिकामा कृयाशिल राजनितिकदल तथा संघसंस्थाहरुले साझा धारणा र प्रतिबद्धता सहितको विज्ञप्ती जारी गर्ने बताइएको छ ।

प्रदेशको स्थायी राजधानी घोषणापछि पहिलो हिउँदे अधिबेशन स्थायी राजधानीमै सञ्चालन गर्ने प्रदेश सरकारको तयारीलाई मध्यनजर गर्दै राप्ती गाउँपालिका वार्ड नम्बर ३ मा अवस्थित राप्ती प्राविधिक शिक्षालयमा प्रदेशसभाको सातौँ हिउँदे अधिबेशन सञ्चालनका लागि गृहकार्य अगाडि बढाइएको छ ।

संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता भएको बैठकले संघका संस्थापक सदस्य बलबहादुर चपाईको कोभिड १९ संक्रमणबाट भएको दुखद निधन प्रति शोक प्रस्ताब पारित गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समबेदना प्रकट गरेको छ ।

बैठकमा संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, महासचिव सुरज खड्का, सचिव टोपबहादुर झाँक्री, कोषाध्यक्ष श्रीधर खत्री, सल्लाहकारहरु नारायण शर्मा, गिरबहादुर जिएम, सदस्यहरु बिक्रम पाण्डे, सन्तोषकुमार गुप्ता, माधब भुसाल र सन्तोष अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे