LISTEN LIVE RADIO

दाङमा कोरोना संक्रमणबाट १ शिक्षक सहित २ जनाकाे मृत्यु



दाङमा कोरोना संक्रमणबाट १ शिक्षक सहित २ जनाकाे मृत्यु

दाङ २२ कार्तिक । दाङमा एक शिक्षक सहित २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी शिक्षक  मदनकुमार शर्माको कोरोना संक्रमणबाट मृत्यु  भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बांकेले जनाएको छ । शर्मा मावि भ्युडहर सुनपुर भमकेका प्रधानाध्यापक भई कार्तिक १ गते देखि मावि गोग्लीमा सरुवा भएका थिए । शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत थिए ।

घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी मदनकुमार शर्माको कोरोना संक्रमणबाट निधन भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको श्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।शर्मा मावि भ्युडहर सुनपुर भमकेका प्रधानाध्यापक भई कार्तिक १ गते देखि मावि गोग्लीमा सरुवा भएका थिए ।

शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत थिए । यसै गरि तुलसीपुर –५ ख लाईन निबासी ७४ बर्षका रामबहादुर देवकोटाकाे पनि  कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।कोरोना पोजेटिभ देखिएपछि कोहोलपुर मेडिकल कलेजमा भर्ना भएका देवकोटाको गएराति मृत्यु भएको केसीले जानकारी दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे