बाढीबाट जोगिन राप्ती नदीमा खोज तथा उद्दार अभ्यास



बाढीबाट जोगिन राप्ती नदीमा खोज तथा उद्दार अभ्यास

दाङ १७ जेठ । वर्षायाम नजिकिँदै गर्दा बाढीबाट जोगिन दाङमा उच्च सतर्कताको अभ्यास गरिएको छ । ठूलो बाढी आएर प्रत्येक वर्ष ठूलो जनधनको क्षति पु¥याउँदै आएको राप्ती नदीमा सशस्त्र प्रहरीद्वारा बाढीले गर्न सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न खोज तथा उद्दार र व्यवस्थापनको अभ्यास गरिएको हो ।

दाङ जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण ज्वालामाई भालुवाङको समन्वयमा विपद् व्यवस्थापन सम्बन्धि तालिम सशस्त्र प्रहरी निरीक्षक प्रकाश कुमार शाहीको कमाण्डमा खटिएको २५ जनाको टोलीले जल उत्पन्न प्रकोप अन्तर्गत वाटर रेस्क्यु सेमु लेसन प्रदर्शन गरेको भालुवाङका गणपति विनोद केसीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले तीनवटै सुरक्षा निकाय बाढीको समयमा उच्च सतर्कताका साथ तयारी अवस्थामा रहने जानकारी दिए । साथै उहाँले समुदायस्तरबाट पनि खोज तथा उद्दारको काममा सहयोग आवश्यक पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे