सहज तरिकाले सुचना उपलब्ध गराउन जनप्रतिनिधिहरू सँग पत्रकारहरूको माग



सहज तरिकाले सुचना उपलब्ध गराउन जनप्रतिनिधिहरू सँग पत्रकारहरूको माग

दाङ १७ जेठ । दाङका पत्रकारहरूले सहज तरिकाले सुचना उपलब्ध गराउन जनप्रतिनिधिहरू सँग माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले मंगलबार घोराहीमा आयोजना गरेको जनप्रतिनिधिहरू सँग स्थानीय तहमा मिडियामैत्री नीति र कार्यक्रम निर्माण सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्ने पत्रकारहरूले सो माग गरेका हुन् ।

महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने पत्रकारहरूले सुचना लुकाउने काम बन्द गरी पारदर्शी काम गर्न सुझाव दिएका छन् । त्यस्तै उनीहरूले स्थानीय तहमा रहेका मिडियालाई प्रोत्साहन गरि मिडियामैत्री बन्न आग्रह पनि गरेका छन् ।

कार्यक्रममा बोल्ने पत्रकारहरूले कार्यपालिकाको बैठकको निर्णय समेत छिटो छरितो तरिकाले बाहिर ल्याउनु पर्ने र काठमाडौं महानगर जस्तै सवै पालिकाले कार्यपालिका बैठक को लाइभ गर्न पनि अनुरोध गरेका छन् ।

त्यस्तै पत्रकारहरूको क्षमता विकास तालिम सञ्चालन गर्न,
सार्वजनिक सुनुवाइ कार्यक्रम समयमा हुनुपर्ने, पालिकाको सुचना तथा बजेट कार्यक्रम वाइवसाइडमा राख्नुपर्ने,
न्यायीक समितिलाई इजलाश बनाउन नहुने, पालिकाहरू जेष्ठ नागरिक, बालमैत्री, अपांगमैत्री बन्न आवश्यक छ रहेको बताएका थिए ।

कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ जनप्रतिनिधिहरूले दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चाैधरी, नगर उपप्रमुख हुमा डिसी, बंगाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी, दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमाकुमारी वली खड्का र राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, प्रेस स्वतन्त्र सेनानी सुशील गाैतम, नेपाल पत्रकारका पुर्व अध्यक्ष केवी मशाल, निर्वतमान अध्यक्ष सविन प्रियाशन, प्रेस काउन्सिलका शरद अधिकारी, महासंघ दाङका सहसचिव दशरथ घिमिरे, पत्रकारहरू लोकराज पराजुली, ओमप्रकाश गुप्ता, सुर्दशन रिजाल लगायतका वक्ताहरूले आ- आफ्नो भनाई राखेका थिए ।

महासंघका उपाध्यक्ष बसुन्धरा गाैतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासंघका सचिव आर. के शितलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे