पहिलो बैठकमै देखियो बालेन-सुनिताको नेतृत्व क्षमता : रिसाएर जंगिएका वडाध्यक्षले नै बजाए ताली



पहिलो बैठकमै देखियो बालेन-सुनिताको नेतृत्व क्षमता : रिसाएर जंगिएका वडाध्यक्षले नै बजाए ताली

काठमाडाैँ १६ जेठ । काठमाडौं महानगरपालिकाकाको पहिलो बैठकमा मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो नेतृत्व क्षमता देखाउनु भएको छ । मेयर जस्तै आफूहरु पनि जनताबाट निर्वाचित भएर आएको भन्दै रिसाएका वडाध्यक्षहरुलाई मेयर साहले हाँसीहाँसी ताली बजाउन लगाएर नेतृत्व क्षमता देखाएका छन् ।

आजको बैठकमा निर्णय गर्ने बेला केही वडाध्यक्षहरुले तपाईको तरिका भएन, बैठक कसरी चलाउने सिकेर आउनु पर्यो भन्दै आपत्ति जनाएका थिए । वडाध्यक्षहरुको निसानामा पर्नुभएका मेयर साहले चुनावको फ्रष्टेशनले केही आवाज ठूलो भएको भन्दै बिषयान्तर गरेर गरेर आफ्नो प्रस्तावमा सहमत गराई हाँसीहाँसी ताली ठोक्न लगाएर सर्वसम्मत पारित गराए ।

झण्डै दुई घण्टा भन्दा बढी चलेको बैठक भर्खरै सकिएको छ । बैठक समापन गर्नुअघि केही वडाध्यक्षले तरिका भएन भन्दै मेयर साहलाई अवरोध गरेका थिए । बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका वडाअध्यक्षहरुले बैठक सञ्चालनको बिधि सिकेर आउन भन्दै मेयर साहको काममा अवरोध गरेका थिए । तर साहले मुस्कानसहित आफ्नो कुरा राखेर प्रस्तावमा सवैलाई सहमत गराए ।

साहको कुरापछि ‘बैठक कसरी सञ्चालन गरिन्छ ? त्यो कुरा सिकेर आउनु पर्ने भो’ भन्दै जंगिएका वडाध्यक्षहरुले गडगडाहट तालीका साथ निर्णयमा सहमत हुनुभएको थियो । बैठकले सार्वजनिक सौचालयका लागि रेष्टुरेष्ट र पेट्रोल पम्पहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

यस्तै महानगरवासीको गनासो सुन्न सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय पनि गरेको छ भने सडकको खाल्डाखुल्डी टाल्न भौतिक पूर्वाधार एम्बेलेन्स र गुनासाका आधारमा तत्काल काम अघि बढाउन दुर्ईटा आकस्मिक एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा उपमेयर सुनिता डंगोलले पनि परिपक्व रुपमा आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरेकी छिन् । काठमाडौं महानगरको बैठक प्रत्यक्ष प्रशारण गरिएको थियो ।

सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्ट, होटलको शौचालय प्रयोग गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय पारित गरेको छ।  सोमबार नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेपछि अपराह्नमा कार्यपालिकाको बैठक बसेको थियो। सो बैठकले सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्टहरूको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको हो।

‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनिधिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय नि:शुल्क गर्ने,’ उनले भने, ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँछौं। महानगरले सर्टिफाइ गरिदिन्छ।’

उनले शौचालयहरू पनि बनाउने तर हाललाई यसरी पनि प्रयोग गर्ने बताए। यसरी शौचालय प्रयोग गर्न दिने रेष्टुरेन्टहरूलाई के सुविधा प्रदान गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन। ‘अहिले नै यो-यो कुराहरू निशुल्क गरिनेछ भनेर भन्न सकिन्न। त्यसको लागि अध्ययन गर्न पर्ने हुन्छ। पहिलो दिन नै त्यो कुरा गर्नु गलत हुन्छ जस्तो लाग्छ,’ उनले भने।

यस्तै गुनासो सुन्नको लागि कल सेन्टर पनि स्थापना गर्ने निर्णय भएको छ। कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय पनि भएको छ। यस्तैगरी, दुइटा इन्फ्रास्ट्रक्चर एम्बुलेन्स १० दिनभित्र सञ्चालनमा ल्याइने छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे