राप्ती प्रेस मञ्चका सचिव शाहीका पिताको निधनमा शोक सभा



राप्ती प्रेस मञ्चका सचिव शाहीका पिताको निधनमा शोक सभा

भालुवाङ ८ जेठ । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले शुक्रबार भालुवाङमा शोक सभा कार्यक्रम गरेको छ ।

मञ्चका सचिव बलराम शाही ( भिसुन) का स्वर्गीय पिता भिमबहादुर शाही ठकुरीको निधन भएको ७ आैँ दिनको अवसरमा मृतकको निवास राप्ती गाउँपालिका १ भालुवाङमा शोक सभा कार्यक्रम सम्पन्न गरेको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् मञ्चका प्रमुख संरक्षक तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद् सदस्य महेश रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले एक महान व्यक्ति गुमाएको प्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धर्यधारण गर्ने शक्ति प्रदान गुरून् भनी समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न सक्नुपर्ने बताएका थिए ।

सो अवसरमा मञ्चका दोस्रो उपाध्यक्ष जमिर शाहा लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए । भने स्वर्गीय शाहीका माइला सुपुत्र बलराम शाही भिसुनले स्वर्गीय बुवाको जिवन सुनाएका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

राप्ती गाउँपालिका १ भालुवाङ निवासी राप्ती अनलाइनका सञ्चालक समेत रहेका शाहीका पुजनीय पिता भिमबहादुर शाही ठकुरीको शनिबार ७० बर्षकाे उमेरमा शनिबार आफ्नै निवास भालुवाङमा निधन भएको थियो ।

लामाे समय देखि क्यान्सर राेगबाट पिडित मृतक शाही भालुवाङमा ठकुरी बाबू शाबका नामले परिचित रहेका थिए । भालुवाङमा उनले शिक्षा, वन, वातावरण लगायतका क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुराएको इतिहास रहेकाे छ ।

साथै खड्केश्वरी तथा शिवालय धार्मिक तथा पर्यटकीय मन्दिर निर्माणमा उनकाे उल्लेखनीय याेगदान रहेकाे छ । उनका ३ छाेरा बुहारी, नानातिना छन । उनकाे निधनले भालुवाङले एक सच्चा, ईमानदार समाजसेवी गुमाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे