कृष्णसेन इच्छुकका बारेमा विशेष कार्यक्रम बनाएर लैजान जरूरी छ : अध्यक्ष विष्ट



कृष्णसेन इच्छुकका बारेमा विशेष कार्यक्रम बनाएर लैजान जरूरी छ : अध्यक्ष विष्ट

भालुवाङ १३ जेठ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महान कृष्णसेन इच्छुकका विषयमा स्थानीय सरकार मार्फत विशेष कार्यक्रम बनाएर लैजान जरूरी रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाले शुक्रबार भालुवाङमा आयोजना गरेको कृष्णसेन इच्छुकको २० अाैँ स्मृति दिवस कार्यक्रममा बोल्दै सो कुरा बताएका थिए । यस्तै उनले कृ्ष्णसेन इच्छुक एक महान् व्यक्तित्व भएकोले उहाँले देखाएको बाटो हिड्न सुझाव दिएका थिए । 

सेन्टरका राप्ती गाउँपालिका अध्यक्ष जगत खनालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले साहित्य र कलमको माध्यमबाट इच्छुकले समाज परिवर्तन गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताएका थिए ।

सो अवसरमा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चाैधरी, २ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष जगतबहादुर थापा, नेकपा एमालेका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणी न्याैपाने, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि ठाकुरप्रसाद आचार्य, नेकपा एकीकृत   समाजवादी पार्टीका मुकुन्दराज रोका, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य सुरज परियार लगायतले सेनको बारे चर्चा गरेका थिए ।

कार्यक्रममा महान सहिद कृष्ण सेन इच्छुकको शालिक निर्माण गर्न महत्त्वपूर्ण योगदान गरेका १६ जनालाई सम्मान पत्र र खाँदाले सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा बाबुराम थापा, अर्जुन अधिकारी, नारायण शर्मा, धर्मराज अधिकारी, किरण भण्डारी,श्री बहादुर परियार, हरि बेल्बासे, सुर्यप्रकाश शर्मा, गन्जबहादुर बिष्ट, बसन्त नेपाली, तपराज आचार्य, श्यामेस चौधरी, पदमबहादुर पाण्डे , जगत बहादुर थापा र महेश रिजाल रहेका छन् ।

यस्तै सञ्चार माध्यामबाट योगदान पुराएको भन्दै राप्ती प्रेस मञ्चलाई पनि सम्मान गरिएको छ । नारायण शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य चन्द्र खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे