राप्ती प्रेस मञ्चले शहिद इच्छुकको शालिकमा मल्यार्णपण गरि स्मृति दिवस मनायो



राप्ती प्रेस मञ्चले शहिद इच्छुकको शालिकमा मल्यार्णपण गरि स्मृति दिवस मनायो

भालुवाङ १३ जेठ । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान साँस्कृतिक शहिद कृष्णसेन इच्छुकको २० अाैँ स्मृति दिवस शुक्रबार भालुवाङमा मनाएको छ ।

मञ्चका मुख्य संरक्षक एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद सदस्य महेश रिजाल र मञ्चका अध्यक्ष अर्जुन अधिकारीले संयुक्त रूपमा भालुवाङ पुल्चोक स्थित सहिद शेनको शालिकमा मल्यार्णपण गरेका थिए ।

यस्तै शालिक स्थल पुगेर राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले पनि सहिद सेनको शालिकमा मल्यापर्णा गरेका थिए ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् मञ्चका मुख्य संरक्षक एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद सदस्य महेश रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले स्वर्गीय इच्छुकले देखाएको बाटोमा हिड्न सक्नुपर्ने बताएका थिए ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे