थारू समाज परिवर्तनमा कलाकारहरूको महत्त्वपूर्ण भुमिका छ : नगर प्रमुख चाैधरी



थारू समाज परिवर्तनमा  कलाकारहरूको महत्त्वपूर्ण भुमिका छ : नगर प्रमुख चाैधरी

लमही १२ जेठ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीले थारू समाजलाई परिवर्तन गर्न थारू कलाकारहरूको महत्त्वपूर्ण भुमिका रहने बताएका छन् ।

राष्ट्रिय थारू कलाकार मञ्च दाङले देउखुरीका ४ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बिहीबार लमहीमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । यस्तै उनले थारु भाषा कला र संस्कृतीको संरक्षणका लागि आफू हरहमेसा कटिबद्ध भएर लाग्ने बताए ।

थारु समुदाय के कारणले अगाडी बढ्न सकेको छैन भन्ने कुराले सधै आफू चिन्तित बन्ने गरेको भन्दै अब देशको नेतृत्वमा थारु समुदायका भाई छोरा पुग्ने हिम्मत राख्नु पर्ने बताए । थारु समुदायको कला संस्कृतीको जगेर्नाका लागि आफू हरहमेसा कटिबद्ध भएर लाग्ने बताए ।

त्यस्तै उपप्रमुख लक्ष्मी योगीले कलाकार देशका बहुमुल्य गहना भएको कुरा बताउदै कलाकारिताको क्षेत्रबाट पनि देश विकास गर्न सकिने बताईन।

कलाकारिताको माध्यमबाट सकारात्मक संदेश प्रवाह गरि समाज परिवर्तनमा अहम भूमिका खेल्न सक्ने खालको कलाकारिता गर्न थारु कलाकार मञ्चलाई आग्रह गरिन।

त्यसैगरी राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादवले राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना गराउनमा कलाकारहरुको ठुलो भूमिका रहेको भन्दै समाज निर्माण र परिवर्तनमा पनि उत्तिक्कै योगदान पुर्याउन राष्ट्रिय थारु कलाकार मंचलाई आग्रा गरिन। कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले मञ्चलाई जति बेला राजपुर गाउँपालिकाको आवश्यक हुन्छ सहयोगका लागि तयार भएको उनको भनाई छ।

त्यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले आफू थारू समुदाय कि चेली भएको र थारूहरूको पिरमर्का राम्रो सँग बुझेकाले थारूहरूको कला संस्कृति र भाषा संरक्षण तथा विकासका लागि अगाडि बढ्ने बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्ने वडा अध्यक्षहरूले कलाकारहरूको क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्ने बताएका थिए ।मञ्चका सचिव तथा कार्यक्रम संयोजक राजेन्द्र चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चाैधरीले थारू भाषा, संस्कृति संरक्षणमा जोड दिन आग्रह गरेका थिए ।
कार्यक्रममा लमही नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी योगी, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी चाैधरी, राष्ट्रिय थारू कलाकार मञ्च दाङका अध्यक्ष शालिकराम चाैधरी, लमही नगरपालिका वडा नम्बर २ का अध्यक्ष नेपालु चाैधरी, वडा नम्बर ३ का अध्यक्ष मनोज चाैधरी, वडा नम्बर ६ का अध्यक्ष श्याम चाैधरी, साहित्यकार छविलाल कोपिला, थारू कल्याणकारीणीय सभाका कानुनी सल्लाहकार हल्लुप्रसाद चाैधरी, सल्लाहकार शेरबहादुर चाैधरी, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चका सदस्य गाैतम चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका प्रवक्ता दोषहरण चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे