देउखुरीकाे सिसहनियाँमा चाेरीकाे माेटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण



देउखुरीकाे सिसहनियाँमा चाेरीकाे माेटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

भालुवाङ १२ जेठ । दुई दिन पहिले घरबाट चाेरी भएकाे माेटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेकाे छ ।

यही जेठ १० गते राप्ती गाउँपालिका-८, पिपरी निवासी बलबहादुर बुढाथाेकीकाे टु ट्वाइन्टी राताे कालाे रंङ्गकाे रा ३ प ३९६ नम्बरकाे माेटरसाइकल आफ्नै गाेठ भित्र राखेकाे अवस्थामा चाेरी भएकाे थियाे ।

माेटरसाईकल चाेरी भएकाे खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय सिसहनियाँकाे प्रहरी टाेलीले खाेजतलासलाई तीब्र बनाएकाे थियाे । खाेजतलास कै क्रममा प्रहरीले आज बिहिबार बिहान पिपरी गल्लीबाट उक्त माेटरसाइकल बेवारिसे अवस्थामा फेला पारी सम्बन्धित सवारीधनीलाई उक्त माेटरसाईकल हस्तान्तरण गरेकाे इप्रका सिसहनियाँका सई कुमार केसीले जानकारी दिए ।

राप्ती गाउँपालिका-८, नम्बर वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ्गकाे राेहबरमा पत्रकार सहितकाे उपस्थितमा इलाका प्रहरी कार्यालय सिसहनियाँका सई कुमार केसीले उक्त माेटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे