देउखुरीको पिपरीमा एक घरमा आगलागी, करिव ४५ हजार बराबरको क्षति



देउखुरीको पिपरीमा एक घरमा आगलागी, करिव ४५ हजार बराबरको क्षति

सिसहनियाँ १२ जेठ । दाङको देउखुरीमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी मधुप्रसाद श्रेष्ठको घरको एउटा सुत्ने कोठामा बिहीबार विहान ८:०० बजे आगलागी भएको हो ।

आगलागीबाट कोठा भित्र रहेका लत्ताकपडा, सिरक डसना र अन्य समान जल्दा करिव ४०/ ४५ हजार बराबरको क्षती भएको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिएका छन् ।

आगोलाई स्थानीय, प्रहरी र जनप्रतिनिधिले निभाएका थिए । आगलागीबाट मानवीय क्षति भने हुन पाएन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे