दोलाईखोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते



दोलाईखोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

भालुवाङ १० असोज । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

बिहिवार राती साढे ७ बजेको समयमा सिसहनियाँ देखि सुन्डवरी जाँदै गरेको रा ३ प १९३४ नम्बरको मोटरसाइकल राप्ती गाउँपालिका–५ कालापानी दोलाइखोला पुल नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा परी मोटरसाइकल चालक लमही नगरपालिका–१ सुन्डवरी निवासी वर्ष २५ को प्रकाश कुमाल र पछाडी बसेका निजको भतिजा वर्ष ११ को प्रशान्त कुमाल घाइते भएका छन् ।

घाइते मध्ये प्रकाशलाई गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको र प्रशान्तको स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे