नामसालिङकाे सहयोग : गढवामा घरबगैचा व्यवस्थापन तालिम सम्पन्न



नामसालिङकाे सहयोग : गढवामा घरबगैचा व्यवस्थापन तालिम सम्पन्न

देउखुरी १० असाेज । दक्षिण देउखुरी अधिकार मञ्च गढवा द्वारा गढवा गाउँपालिकामा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” मार्फत गढवा- ३ गोबाराडिहाका विभिन्न सामुदायिक समूहका कृषकहरुलाई “घरबगैचा व्यवस्थापन तालिम” प्रदान गरिएको छ।

नामसालिङ सामुदायिक विकास केन्द्र इलामको आर्थिक सहयोग तथा गढवा गाउँपालिका दाङको समन्वयमा एकीकृत सामुदायिक विकास परियोजनाको “खाद्य तथा पोषण सुरक्षा” कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे।

गढवा – ३ गोबरडिहाका २५ जना कृषकहरुकाे सहभागीता रहेको तालिममा घरबगैचा तथा यसका आयामहरू, घरबगैचाको खाद्य तथा पोषण सुरक्षा र आयआर्जन सँगको सम्बन्ध तथा स्थानीय स्रोत साधनको प्रयोग गरी घरबगैंचा व्यवस्थापनका उपायहरुका बारेमा सिकाइ आदान प्रदान गरिएको थियो।

तालिमको सहजीकरण नामसालिङका दाङका कार्यक्रम संयोजक तथा कृषि अधिकृत सशांक आचार्य र कृषि प्राविधिक धन कुमारी चौधरीले गरेकी थिइन्। वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित “नामसालिङ सामुदायिक विकास केन्द्र” ले दाङको राप्ती गाउँपालिकामा वि. सं. २०७४ देखि “एकीकृत सामुदायीक विकास परियोजना” मार्फत सामुदायीक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको साे संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे