शंकर पोखरेलको गृहनगर दाङको तुलसीपुरमा गठबन्धन पराजित, मेयर–उपमेयर दुबैमा एमालेको सानदार जीत



शंकर पोखरेलको गृहनगर दाङको तुलसीपुरमा गठबन्धन पराजित, मेयर–उपमेयर दुबैमा एमालेको सानदार जीत

तुलसीपुर ११ जेठ । दाङको तुलसिपुर उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले सानदार जीत निकालेको छ । खर्भरै सम्पन्न मत गणनाको परिणाम अनुसार मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४ सय ८ मतका साथ विजयी भएका छन् ।

खडकाका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत मात्रै पाएका छन् । यस्तै उपमेयरतर्फ पनि एमालेकै स्यानी चौधरी निर्वाचित भएकी छिन् । चौधरीले ३० हजार ५ सय ९७ मतका साथ बिजयको यात्रा तय गरेकी हुन् ।

उपमेयर गठबन्धनबाट साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार ६५ मत मात्रै पाएका छन् । तुल्सीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर पनि हो । यता चुनावमा पराजीत हुने निश्चित भएपछि नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका रानाले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

१९ वडा रहेको तुलसीपुर उपमहानगरपालिका मध्य १० वटा वडामा नेकपा एमालेले विजयी हासील गरेको छ भने गठबन्धन र स्वतन्त्रले ९ वटा वडा जितेका छन् । निर्वाचन कार्यालयका अनुसार उपमहानगरका २, ३, ६, ८,१०, ११, १३, १५, १८, १९ मा एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनको तर्फबाट १, ४, १२, नम्बर वडा नेकपा माओवादी र नेपाली काँग्रेसले ५, ७, ९, १४ र १७ नम्बर वडा जितेको छ । त्यसैगरी उपमहानगरको १६ नम्बर वडामा स्वतन्त्रले जितेको छ । बैशाख ३० गते भएको निर्वाचनमा ७४ हजार ३ सय ३७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे