LISTEN LIVE RADIO

तुलसीपुरमा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवार जित नजिक



तुलसीपुरमा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवार जित नजिक

तुलसीपुर ११ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । सो उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी हुँदा खड्का तीन हजार ३६६ मतले अघि छन् ।

खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको थियो । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि रहेकाले विजयी भएकी छन् ।

उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेकी छन् ।

उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो । तुलसीपुरमा सत्ता गठबन्धन रहेपनि एमाले एक्लैले विजय हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे