LISTEN LIVE RADIO

कम्लहरी देखि राप्ती गाउँपालिकाको उपाध्यक्ष बनेकी कमलापती चाैधरीको (संक्षिप्त जिवनी)



सिसहनियाँ ११ जेठ । वि सं. २०२० पुस १५ गते साबिक सोनपुर गाविस वडा नम्बर ४ वनकट्टीमा जन्मिएकी कमलापती चाैधरी हाल राप्ती गाउँपालिका वडा नम्बर ६ भगवानपुरमा बस्दै आएकी छिन् ।

स्वर्गीय बुवा सिताराम चौधरी र आमा दशनी चौधरीकी ७ छोरी मध्ये जेठी सन्तानका रुपमा उनी जन्मिएकी हुन्। सामान्य लेखपढ बाहेक उनको पढाइ छैन् । तर सानै देखि कम बोल्ने, अनुशासित, लगनशील र मेहनती व्यक्तिका रुपमा रहेको उनी निकट नेताहरुको भनाई छ ।

कमैया परिवारमा जन्मिएकी कमलापती चाैधरीको बुवा र आमाले कमैया कम्लहरी बसेर आफ्नो परिवार पाल्दै आएका थिए । जब कमलापती चाैधरी ठुली भइन र काम गर्न सक्ने भएपछि बुवा आमाले उनलाई  साविक सोनपुर ४ वनकट्टी निवासी काशीराम मोहराको घरमा कम्लहरी लगाइदिए । करिव ७ वर्ष कम्लहरी बसेपछि उनी २० सालमा कम्लहरी मुक्त भइन् ।

सानै देखि राजनीतिमा रुचि राखेकी कमलापती २०५४ सालमा नेकपा एमालेबाट राजनीतिको यात्रा सुरू गरिन् । उनी सुरूमा वडा कमिटी सदस्य,पालिका सदस्य हुँदै अहिले पालिका उपाध्यक्ष पदमा रहेकी छिन् । १० वर्षे जनयुद्धका बेला समेत उनी नडराई निरन्तर रूपमा राजनितीमा सक्रिय रूपले लाग्दै आएकी छिन् । त्यस्तै उनी समाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छिन् ।

उनी ३ वर्ष मुक्त कमैया समाजको जिल्ला कोषाध्यक्ष, भुमि अधिकार मञ्च, कमैया महिला जागरण समाजको केन्द्रीय कोषाध्यक्ष, मुक्त कमैया महिला पुर्नस्थापना समस्या समाधान आयोग तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री पदमा आर्याल सँग काम गरेको, २०६५ देखि ०६६ साल सम्म साविक सिसहनियाँ गाविसमा वडा नागरिक मञ्चको संयोजक भएर काम गरि  हाल नेपाल भुमिहिन सुकुम्बासी संगठनको केन्द्रीय सदस्य पदमा रहेर काम गर्दै आएकी छिन् ।

उनी २०५४ सालको स्थानीय निर्वाचनमा साविक सिसहनियाँ गाविस वडा नम्बर ९ मा महिला सदस्यमा १ भोटले हार्नु परेको थियो । त्यस्तै २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा राप्ती गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्षमा ७५ भोटले नेपाली कांग्रेसका वेदप्रसाद चाैधरी सँग हार वेहोर्नु परेको थियोे । समाज र राजनीति क्षेत्रमा ठुलो योगदान र संघर्ष गरेकी कमलापती चाैधरी २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा राप्ती गाउँपालिकाको उपाध्यक्ष पदमा फराकिलो मतान्तरले विजय भएकी छिन् ।

उनले ६ हजार ६ सय ७४ मत ल्याएर विजय भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिप्रसाद भुसाललाई १ हजार १ सय ७८ मतको फरकले विजय हासिल गर्न सफल भइन् । उपाध्यक्षमा निर्वाचित भएपछि उपाध्यक्ष कमलापती चाैधरीले पालिकामा हुने विवाद, समस्याहरूलाई सरल र सहज तरिकाले दुवै पक्षको जित हुने गरि न्याय प्रदान गर्ने, अनुगमनलाई प्रभावकारी तरिकाले अगाडि बढाउने, मुक्त कमैया, सुकुम्बासी, गरिवदुखीहरूको क्षेत्रमा काम गर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे