LISTEN LIVE RADIO

नेता कार्यकर्तामा स्वार्थीपन बढ्दै, निर्वाचनको मुखैमा वडा सदस्य गुरुङद्धारा पार्टी परिवर्तन



नेता कार्यकर्तामा स्वार्थीपन बढ्दै, निर्वाचनको मुखैमा वडा सदस्य गुरुङद्धारा पार्टी परिवर्तन

सिसहनियाँ ५ वैशाख । स्थानीय तहको निर्वाचन आउन २५ दिन मात्र बाँकी छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता समेत लागु गरिसकेको छ । तर दाङमा अझै पनि पार्टी प्रवेश तथा परिर्वतन गर्ने क्रम रोकिएको छैन ।

नेता कार्यकर्तामा स्वार्थीपन हावी हुँदै जाँदा पार्टी परिवर्तन गर्ने क्रम रोकिन नसकेको हो । अघि पछि राजनीतिक दलहरुलाई कुनै मतलव हुदैन तर चुनावका बेला भने सवै पार्टी क्रियाशील देखिन्छन् । अझ आफ्नो पार्टीले टिकट दिएन अथवा आफुले चाहेको पदमा उम्मेदवारी दिन नपाएको भन्दै पार्टीमा लामो समय सम्म योगदान गरेका कट्टर नेताकर्ताहरु नै आफ्नो पार्टीबाट राजिनामा दिदै अरु पार्टी सँग बार्गेनिङ सम्म गरेर टिकट लिन पछि परेका छैनन् ।

यसै क्रममा राप्ती गाउँपालिका वडा नम्बर ८ की वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य समेत रहेकी नेकपा एमाले राप्ती गाउँपालिका सचिवालय सदस्य विष्णु गुरुङ आइतवार एमाले पार्टी परित्याग गरी नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेकी छिन् । एमाले भित्र माथि देखि तल सम्म व्यक्तिगत चिन्तन पुर्ण रुपले हावी हुँदै गएको र आफ्नो विचार पार्टीले नसुनेको आरोप लगाउँदै पार्टी परिवर्तन गर्नु परेको विज्ञप्ती मार्फत जानकारी गराएकी छिन् ।

यता गुरुङ सँगै नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेकी सोही वडाकी दलित वडा सदस्य लक्ष्मी दमाई र निरमा चौधरी भने पुन एमालेमै फर्किएका छन् । गुरुङले बैठक छ भनि बोलाएर इच्छा विपरित ललाई फकाई पार्टी प्रवेश गराएको लक्ष्मी दमाई र निरमा चौधरीले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । उनीहरुले विज्ञप्ती मार्फत आफुहरु एमालेमै रहेको जानकारी दिएका छन् । यता नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पनि पार्टी छाडेका छन् । आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गरेका हुन् ।माओवादी केन्द्र दाङका इन्चार्ज समेत रहेका उनले पार्टी गलत बाटोमा हिँडेकाले पार्टी छाडेको बताए गौतमले आफू स्वतन्त्र बस्नेसमेत बताए । उनी घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरका आकांक्षी थिए ।गौतम ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा घोराहीको मेयर उम्मेदवार बनेर तेस्रो स्थानमा थिए । यसपटक घोराही माओवादीले आफ्नो भागमा पाउनुपर्ने माग गरेको छ । तर कांग्रेसले मानेको छैन । उनी अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे