LISTEN LIVE RADIO

तुलसीपुरमा एक व्यक्ति माथि सामूहिक हमला, खुट्टा छिनालिएको अवस्थामा फेला



तुलसीपुरमा एक व्यक्ति माथि सामूहिक हमला, खुट्टा छिनालिएको अवस्थामा फेला

देउखुरी टुडेकर्मी, भालुवाङ ११ कार्तिक ।

तुलसीपुरमा गएराति एक व्यक्तिमाथि सामुहिक आक्रमण भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि सामुहिक आक्रमण भएको हो ।

आक्रमणबाट विक गम्भीर घाइते हुनुभएको छ । विकमाथि तुलसीपुर १२ गोलौरीमा आक्रमण भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।  विकको बाँया खुट्टा छिनालिएको अवस्थामा फेला परेपछि प्रहरीले गएराति उद्धार गरेर अस्पताल पु¥याएको डिएसपी सिंहले बताए ।

प्रहरीका अनुसार दुबै हातमा पनि धारिलो हतियार प्रहार भएको छ । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि गएराति नै थप उपचारका लागि बाँके रिफर गरिएको छ । बाँकेबाट पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइहरेको खबर आएको डिएसपी सिंहले बताए ।

अत्यधिक रक्तस्राव कारण घाइते विकको अवस्था चिन्ताजनक रहेको छ । घाइते विक गोलौरीमा भान्जाको विहे खान गएको र भान्जाको घरबाट नवलपुरस्थित घर तर्फ जाँदै गरेको अवस्थामा पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समूहले सांघातिक आक्रमण गरेर शक्त घाइते बनाएको प्रहरीले बताएको छ ।

गएराति दश बजेतिर प्रहरीले बिकलाई घाइते अवस्थामा फेला पारेर उद्धार गरी अस्पताल पु¥याएको थियो ।  प्रहरीले बिकमाथि सांघातिक हमला गर्ने व्यक्तिहरुको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे