LISTEN LIVE RADIO

बडादसैँको आज दोस्रो दिन : देशभर टीका र आशिर्वाद थाप्ने क्रम जारी



बडादसैँको आज दोस्रो दिन : देशभर टीका र आशिर्वाद थाप्ने क्रम जारी

भालुवाङ ११ कार्तिक । बडादशैंको आज दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आशिर्वाद थाप्ने क्रम आज एकादशीका दिन पनि जारी छ ।

नेपालको पूर्वी भेगतिर कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।

हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । आजको एकादशीलाई गिद्दे भनिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे