LISTEN LIVE RADIO

रुपन्देहीमा थप दुई जना काेराेना संक्रमितको मृत्यु



रुपन्देहीमा थप दुई जना काेराेना संक्रमितको मृत्यु

देउखुरी टुडेकर्मी, भालुवाङ ११ कार्तिक ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमाकी महिला र बुटवलका पुरुष रहेका छन् ।

कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८: १७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

त्यस्तै, कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु डा. गौतमले जानकारी दिए । डा. गौतमका अनुसार दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे