शान्ति सुरक्षा, शुसासन र विकास निर्माणको कार्यलाई पहिलो प्राथामिकतामा राखेको छु : प्रजिअ रेग्मी



शान्ति सुरक्षा, शुसासन र विकास निर्माणको कार्यलाई पहिलो प्राथामिकतामा राखेको छु : प्रजिअ रेग्मी

दाङ २४ कार्तिक । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्ति सुरक्षा, शुसासन र विकास निर्माणका कार्यलाइ प्राथामिकता दिने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी संग आयोजना गरेको परिचयात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । जिल्लामा शुसासन तथा विकास निर्माणका कार्यलाई आफनो तर्फ बाट हुने प्रयास गर्ने बताए । आफुले मात्र एकलै गरेर नहुने भन्दै यसमा सबैले सहयोग गर्ने समेत आग्रह गरे ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष मधुसुदन वैद्यले जिल्लामा रहेका विकास निर्माणका कार्यहरुलाई समयमै सम्पन्न गर्ने तथा बिकृती विसङगती हटाउन लागि भुमिका खेल्न आग्रह गरे ।

कार्यक्रम संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्की स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद ज्ञापन सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे