दाङमा एक १० बर्षकी बालिकालाई बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी



दाङमा एक १० बर्षकी बालिकालाई बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा उजुरी

दाङ २४ कार्तिक । दाङमा १० बर्षकी बालिकालाई बलात्कार प्रयास गरेको भन्दै एक पुरुष बिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१ भमके निबासी करिब ६० बर्षका भविश्वर खरालले गएको कात्तिक १८ गते बालिकलाई बलात्कार प्रयास गरेको आरोपमा आफन्तले उजुरी दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । आरोपी खराल फरार रहेको र खोजीकार्य जारी रहेको डिएसपी अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे